• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
विनोदको ‘गु्राँस झै मुहार’को म्युजिक भिडियो सार्वजानिक ( भिडियो सहित)
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०७४

  नेपाली तारा सिजन तिनको सातौ स्थान सम्म पुगेर चर्चा कमाएका गायक विनोद राईले केहि दिन अघिमात्र “गु्राँस झै मुहार”बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन ।

इलाम लुम्दे तिन स्थाइ बसोवास भएका गायक राईले आफनो एकल “पारा”एल्बममा समाबेश रहेको “गु्राँस झै मुहार”बोलको गीतको म्युजिक भिडियो सार्वजानीक गरेका हुन । लोक पपलयमा तयार गरिएको सो गीतको म्युजिक भिडियो हाइलाईट् यूवटय्ुवमा सार्वजानिक गरेका हुन ।

प्रकाश आङदेम्बेको शब्द, बाबु बोगटीको संगीत र विनोद राईको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोलाई कला संगौलाले निर्देशन गरेकि छन । म्युजिक भिडियोमा चर्चित मोडल केकी अधिकारी, अनिल सुब्बा र विनोद स्वयंमको मुख्य भुमिका रहेको छ । उज्वल बस्ताकोटीले छायाकंन गरेको म्युजिक भिडियोको काठमाण्डौ उपत्यका भित्रका बिभिन्न स्थानहरुलाई समेटेर तयार पारिएको छ ।

गायक राईले यस अघिपनि सोहि एल्लबको “आलै छ”बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरिसकेका छन । मौलिक लोक भाकाका गीत हरु गाउन औधि रुचाउने राईले यस्ता भाकाको खोज, अनुसन्धान र संरक्षणमा लाग्ने बताउन छन ।

Comments