• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
दमकमा नेपाली चलचित्र "कसुर"को सुभमुर्हुत
प्रकाशित मिति: बिहीबार, भाद्र २२, २०७४

झापा, २२ भाद्र । झापाको दमकमा आज एक नेपाली चलचित्रको सुभमुर्हुत गरिएको छ । 

कुमार श्रेष्ठको प्रस्तुती चलचित्र "कसुरु" को आज एक कार्यक्रमका बिच सुभ मुहुर्त गरिएको हो । झापको दमकमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको सुभ मुहुर्त गरिएको हो । दमकका ब्यवसायी भानु न्यौपानेको निमार्ण रहेको चलचित्रमा पारिवारीक कलहले निम्त्याउन सक्ने दुर्घटना बारेको कथा बस्तु समाबेस गरिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रका निर्देशक दिनेश पौडेलका अनुसार यो चलचित्रको हरेक कथा रहस्यमय छ ।

सुभ मूहुर्त कार्यक्रमका बिशेष अतिथी हिमशिखर मिडिया ग्रुपका अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले चलचित्रलाई सफलताको सुभकामना ब्यक्त गर्नुभयो ।
चलचित्र कसुर करिब ५० लाख रुपैयाको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण पक्षले जानकारी दिएको छ । चलिचत्र कसुरमा किसोर खतिवडा,आस्था तामाङ, करुणा धमाला, जिवन न्यौपानेको मुख्य भूमिका रहने बताईएको छ । 

Comments