• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
‘मिस पुर्वाञ्चल’को आठौ संस्करण सुरू, पहिलो अडिसन दमकमा सम्पन्न
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४

दमक। नेपाल आईस नेचुरा‘मिस पुर्वाञ्चल’को आठौ संस्करणको पहिलो अडिसन हालै दमकमा सम्पन्न

 भएको छ । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता पहिलो अडिसन दमकस्थित कामक्षा होटलमा सम्पन्न भएको हो । दमकमा सम्पन्न पहिलो चरणको अडिसनमा १२ जनाले सहभागिता जनाएको प्रतियोगिता आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिनुभयो । सो अडिसनमा निणार्यकका रुपमा प्राध्यापक राजेन्द्रजङ थापा, हिमशिखर टेलिभिजनका अध्यक्ष धुब्रप्रसाद न्यौपाने र मिस पुर्वाञ्चल २०१५ कि सेकण्ड रनरअप प्रमिसा बज्रचार्य रहनु भएको थियो । 

पूर्वाञ्चलको दुई स्थानहरु धरान दमक दमक भएको अडिसनबाट छनौट भएका १९ देखि २१ जना सम्म प्रतियोगिलाई एक महिने प्रशिक्षण पछि मात्र फाइनल राउण्डमा सहभागि गराइने आयोजकले जनाएको छ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१७ को उपाधिसँगै स्कुटी र अध्ययनका लागी छात्रवृत्ति र बिदेश भ्रमणको समेत अवसर दिईने आयोजकले जनाएको छ । त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु १२ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको अध्यक्ष बनेपालीले जानकारी दिए । मिस पुर्वाञ्चलको आठौ सस्करण भदौ ३१ गते धरानमा हुदै छ ।

Comments