• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
साउन २७ देखी 'संरक्षण' देश ब्यापी प्रदर्शनमा
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४

२५ साउन । नेपाली चलचित्र संरक्षण साउनको २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

संरक्षणले जन आन्दोलन २०६२÷६३ पछि सिर्जना भएको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित कथा लाइ चलचित्रमा देखाइएको छ । जहाँ पहाडी, मधेशी र थारु समुदाय बिचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्धलाई चित्रण गरिएको बताइएको छ । 

फिल्म एकसाथ देशभरका ७५ सिनेमा घरहरुबाट प्रदर्शनमा आउने निर्देशक पूर्णेन्दु झाले बताएका छन्  । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अगरहरी, कामेश्वर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, निर्देश श्रीवास्तव, राज कटुवाल तथा सुशान्त श्रेष्ठको अभिनय रहेको छ ।

फिल्मको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झाले लेखेका हुन्। डाक्टर कृष्ण हरि बराल, दर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको फिल्मको गीतलाई प्रभेस मलिकले संगीत दिएका छन्। संरक्षणलाई पुरुषोत्तम प्रधानकले खिचेका हुन्। ।
 

 

Comments