• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
गीतकार माझीको गीती एल्वम इन्द्रेणीकाे दमकमा चर्चा
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४

२० साउन । गीतकार सुसान माझीको गीती एल्वम इन्द्रेणीमा आज दमकमा परिचर्चा भएको छ । 

गीतकार माझीले आज दमकमा पत्रकार सम्मेलन गरेर आफ्नो एल्वमका बारेमा जानकारी दिनु भएको हो । दमकको बेलडाँगी ३ को भुटानी शरणर्थी शिविरमा बस्दै आउनु भएका माझी ३ वर्ष अगाडी पुनर्वासका क्रममा अमेरिका जानु भएको थियोे । अमेरिका नै बसेर एल्बममा समावेश भएका प्रायः गीत लेखेको उहाँले जानकारी दिनु भयो । इन्द्रेणी एल्वममा ७ वटा गीत समावेश रहेका छन् । गीतमा चर्चीत गायक गायीकाहरु राजेश पायल राई, धर्मेन्द्र सेवान, मेलिना राई लगायतको स्वर रहेको छ । एउटा सिंगो एल्वम निकाल्न आफुलाई दुई वर्ष लागेको गितकार माझीले पत्रकार सम्मेलनमा बताउनुभयो ।
 

Comments