• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
साउन १३ देखि ‘रुद्र’ प्रर्दशनमा
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४

१२ साउन । निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार फिल्म ‘रुद्र’को साउन १३ मा रिलिज हुने भएकाेछ।

नायक निखिल उप्रेतीको प्रोडक्शनबाट निर्माण भएको चलचित्र ‘रुद्र’मा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेती पहिलो पटक भिलेन (खलपात्र)को भुमिकामा प्रस्तुत भएका छन्।  चलचित्रमा निखिलका साथमा विश्व र साराको मुख्य भूमिका छ ।

विश्व र सारा यो चलचित्रबाट नेपाली रजतपटमा जम्ने अपेक्षा गरिएको छ । चलचित्रमा भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । हिमाल केसीको एक्सन, सौरभ लामाको छायांकन रहेको चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

 

 

 

 

Comments