• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
असार २ देखी ‘तारेभीर’ प्रर्दशनमा
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४

२९ जेठ ।  नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् ।

यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । समाजमा घटेका विभिन्न अपराधजनक घटनालाई कथामा समेटी उक्त अपराधमा प्रहरीको हुनुपर्ने दायित्व कर्तव्यलाई चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । यस्तै जनक गुरुङको द्वन्द,राम प्रसाद चौधरीको सम्पादनमा निर्मित उक्त चलचित्रमा बिष्णु चेम्जोङ ,नबिन कार्की ,रेखा फागो,रमेश सिङ, प्रेम सुब्बा, डिके देवान, मन्जु श्रेष्ठ, रन्जिता राना, दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा संगीत भने प्रकाश गुरुङ, सनुप पौडेल, ब्रबिम सेर्मा रहेको छ ।

Comments