• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
PLO  डान्स आईडलको मेघा राउण्ड  सुरु , मेघा राउण्डमा १०० प्रतिस्पर्धी
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४

दमक २५ जेठ । हिमशिखर टेलिभिजनको आयोजनामा संचालन भईरहेको PLO डान्स आईडलको मेघा राउण्डको प्रसारण आजदेखि सुरु हुने भएको छ ।

डान्स अडिसन पूर्वाञ्चलका बिभिन्न शहरमा भएको थियो । २०७३ माघ ४ गतेदेखि झापाको दमकबाट शुरु भएको अडिशन राउण्ड, बिर्तामोड, इलाम, ईटहरी, धरान र विराटनगरमा भएको थियो ।

सो अडिशन राउण्डबाट एक सय जना छनौट भएका छन् । प्रतियोगितामा छनौट भएकाहरुले आजदेखि शुरु हुने PLO   डान्स आईडलको मेघा राउण्डमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता हिमशिखर टेलिभिजनमा प्रत्येक बिहिबार साझ ८ः३० देखि ९ः३० बजेसम्म प्रसारण हुनेछ । यसको पुनः प्रसारण सोही दिन राति ११ देखि १२ बजेसम्म र शनिबार साझँ ६ देखि ७ बजेसम्म हुनेछ । 

Comments