• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
लाल्टिन यही जेष्ठ २६ गतेबाट नेपालभर प्रदर्शनमा आउने
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४

२३ जेठ । चलचित्र लाल्टिन यही जेष्ठ २६ गतेबाट नेपालभर प्रदर्शनमा आउने भएको छ ।  लगातार एकपछि अर्को फिल्ममा रुचाइएको प्रियंका कार्की र दयाहाङ् राईको जोडीलाई यो फिल्ममा पनि दर्शकहरुले देख्न पाउँने भएका छन् । तर, ’लाल्टिन’ को प्रर्दशन मिति घोषणा भएको दिनदेखि दया र प्रियंका फिल्मको प्रचार प्रसारमा काहिँ कतै देखिका छैन्न । लाल्टिन’ को प्रचारमा नचाहेर नहिँडेको होइन कार्यव्यस्तताका कारण समय दिन नपाएका उनले बताएका छन् । दयाहाङ्, निर्जन थापा र प्रियंकाका अलवा फिल्ममा केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ  लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एमसन पिक्चर्सको ब्यानरमा भानु प्रतापको प्रस्तुती रहेको फिल्म ’लाल्टिन’ मा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ । देव कुमार श्रेष्ठले फिल्मलाई निर्देशन गरेका हुन् ।

 

Comments