• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
गायक तिलक सारुको “तिम्रो लागि”,गोफ्लेको एक्सनकटमा सुदिन,सिम्पल र युर्गेनको रोमान्स
सन्तोष गजमेर भाञ्जा प्रकाशित मिति: आइतबार, बैशाख ३, २०७४

काठमाडौं । गायक तिलक सारु मगरको स्वरमा रहेको “तिम्रै लागि” बोलको गीतको भिडियो सुटिङ सम्पन्न भएको छ । कोरियोग्राफर तथा हास्य कलाकार पेमा लामा गोफ्लेले एक्सन कट गरेको भिडियोमा सुदिन प्रसाई, सिम्पल खरेल र उर्गेन लामाको अभिनय रहेको छ ।

बिना साम्पाङ राइको शब्द रहेको गीतमा संगीत पनि स्वयं गायक तिलक सारु मगरले नै भरेका हुन । करिब २ दिन लगाएर काठमाडौंका बिभिन्न ठाउमा खिचिएको भिडियो त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

अक्सर भिडियोहरु शब्दमा आधारित रहेर बन्ने भएपनि यो पटक निर्देशक पेमा लामाले स्टोरी बेशमा भिडियो निर्माण गर्ने जमर्को गरेका छन । सोहि भएर पनि करिब २ दिन लगाएर छायांकन गरिएको निर्माण टिमको भनाई छ । भिडियोलाई क्यामेरामेन पाण्डेले छायांकन गरेका हुन । 

करिब १ दशक देखी नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत गायक तिलक सारु मगर पनि भिडियो निर्माणको बिषयलाई लिएर निकै उत्साहित देखिएका छन । 

यसअघि नाटक र चलचित्रमा अभिनय गरिसकेका भिडियोका कलाकार सुदिन प्रसाई, बिभिन्न म्युजिक भिडियो हुदै चलचित्रमा समेत काम गरिसकेकी सिम्पल खरेल या त करियरको दोस्रो भिडियोमा अभिनय गरिरहेका उर्गेन लामा नै, सबैले आफ्नो बेष्ट नै दिने प्रयास गरेको भनाई छ । 

Comments