• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
भुकम्प र पुनःनिर्माणमा सम्बन्धि मर्मस्पर्शी गीत
सन्तोष गजमेर (भाञ्जा) प्रकाशित मिति: आइतबार, चैत्र २७, २०७३

 काठमाडौं । युवा गीतकार कपिल नेपालले भूकम्पका दुखद पिडाहरुबाट अब पुनःनिर्माणमा लाग्नुपर्ने सकारात्मक सनदेश सहितको मर्मस्पर्शी गीतको भिडियो सार्बजनिक गरेका छन् ।

चर्चीत गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वरमा सजिएको “धेरै सुने, धेरै देखे गाउ बनाउने कुराहरु” बोलको यस गीतलाइ शिखर सन्तोषले संगीत भरेका हुन् । नबिन बरालले खिचेका गोरखा महाभुकम्पका फोटोहरु एबम जनताले गरेका पुनर्निर्माणमा कामहरुलाई मिलाएर बनाइएको भिडियोमा देबराज गुरुङको सिनेमेटोग्राफी र प्रकाश तुलाधरको सम्पादन रहेको छ ।

भिडियोको परिकल्पना डा. सन्तोष नेपालको हो । गीतकार नेपालका अनुसार नेपालले भोगेको त्रासदी र महाभुकम्प गएको दुई बर्ष पुग्नै लाग्दा पनि पुनःनिर्माणका काम सोचेजस्तो हुन नसकेको यस स्थितिले सबैलाई जस्तै आफुलाई पनि छोएको र यसलाई संगीत मार्फत सबैमा सकारात्मक उर्जा भर्न यो प्रायस गरिएको हो ।

एकातिर भूकम्पको आलो घाउले धेरै पिडितको मन मस्तिष्क अझै राम्रो संग शान्त हुन पाएको छैन भने अर्काेतिर त्यस बखत आएका धेरै आश्वाशनहरु प्रति पिडित परिवार आशाबादी भएर पर्खेर बसेका छन् । तर २ बर्ष बित्नै लाग्दा पनि छानो अझै उस्तै छ, भित्ता अझै रित्तै छ ।

यसै सेरोफेरोमा बरु हामी आफै स्वाबलम्बी बनौ, सक्दो गर्दै जाउ भन्ने सकारात्मक संदेश सहित अरुको भरमात्र नपरी आफै कम्मरकसी पुनःनिर्माणमा लागि परेका साहसी गाउले प्रती समर्पित गर्दै यो गित सार्बजनिक गरिएको बताईएको छ । 

Comments