• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
अन्जु पन्तसंग बादलको पहिलो सहकार्य
सन्तोष गजमेर (भाञ्जा) प्रकाशित मिति: बिहीबार, चैत्र १७, २०७३

युवा गायक तथा संगीतकार हुन्, बादल लिम्बु । निकै नै क्ष्ँमतावान झापाली गायक तथा संगीतकार बादल पछिल्लो समय चलचित्र ‘एक्स्ट्रा माया’ मा ब्यस्त छन । सोहि क्रममा बादलले गायिका अंञ्जु पन्तसंग पहिलो सहकार्य गरेका छन ।

चलचित्र ‘एक्स्ट्रा माया’को “बोलाउ तिमि दोवानमा” बोलको डुएट गीतमा बादल र अञ्जु पन्तको स्वर रहेको छ । भद्रकला आङ्बुहाङ राईको शब्द रहेको गीतमा बादलले नै संगीत भरेका हुन्, भने उदयराज पौडेलको संगीत संयोजन छ । उसो त यो गीतमा मात्र नभएर चलचित्रको सबै गीतमा बादलकै संगीत छ । यसअघि चलचित्रका २ गीतको रेकर्डिङ सकिसकेको छ ।

राजेश पायल राई र मेलिना राईको स्वर रहेको ‘कोहि किन’ र दीपक लिम्बु र मेलिनाकै स्वरमा रहेको ‘आखैमा गाजल’ बोलका दुइ गीतमा पनि बादल लिम्बुले नै संगीत भरेका हुन् । 

३ बर्ष अघि प्रदर्शित चलचित्र अलबिदाको ‘मैले जसको’ बाट नै आम दर्शकश्रोताको मनमा बस्न सफल गायक बादलको स्वरमा रहेको पछिल्लो गीत चलचित्र होमवर्कको ‘हराए म तिम्रो यादमा’ बोलको गीत पनि आम दर्शकश्रोता माझ निकै लोकप्रिय रहेको छ । 


 

Comments