News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
राष्ट्रिय
निरन्तर वर्षाका कारण झापामा ४ को मृत्यू ७ जना बेपत्ता
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४

झापा २८ साउन । झापामा निरन्तर वर्षाका कारण ७ जना बेपत्ता परेका छन् भने ४ जनाको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यू हुनेमा शिव सताक्षि नगरपालिकाका २८ वर्षिय बिजय पाण्डे, झापा गाउँपालिका वडा नं २ कि ३५ वर्षिया धनमाया घोर्साने  झापा गाउाँपालिकाकै वडा नं ३ कि अन्दाजी ३५ वर्षिया कमला दर्लामी र दमक नगरपालिका वडा नं १ का ४५ वर्षिया दिपक दर्जीको मृत्यू भएको   हो ।

त्यसै गरि झापामा अहिले सम्म ७ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा .३ जनाको परिचय खुलेको छ भने ४ जनाको परिचय खुल्न सकेको छैन । बेपत्ता हुनेमा झापा गाउँपालिकामै २ यूवती बेपत्ता भएका छन् ।

झापा गाउँपालिका वडा नं ३ कि सुकी दर्लामी बेपत्ता भएका हुन भने कचनकवल गाउँपालिकाका राम प्रसाद राजबंशी र दमकमा तपोश मण्डल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरि शर्माले जानाउनु भयो । बेपत्ता परेका अन्य ४ जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ । 
 

झापामा अहिले सम्म  अहिले सम्म ८ सय बढि घर बिस्तापित बनेको नेपाल रेडक्रस सोसाईटि झापा शाखाले जनाएको छ । बिस्तापित क्षेत्रमा प्रहरी ,शसत्र प्रशरी नेपाली सेनाको टोलि पुगिरहेको र उद्धार कार्य जारी रहेको रेडक्रसले जनाएको छ । 

Comments