News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
राष्ट्रिय
वाढीले बगाएर इटहरीमा ६ जनाको मृत्यु , टेलिकमको सेवा अवरुद्ध
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४

ईटहरी २८ साउन । अविरल बर्षाका कारण सुनसरी धेरै मानबीय र भौतिक क्षति भएको छ । वाढीले बगाएर इटहरीमा ५ जना र तरहरामा १ जना गरी ६ जनाको भत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माला राइको तिन बर्षको छोरा  रुपेस राइ र ८ बर्षकी रुपसनी राइ छन्  ।

यसैगरी घरमा पानी पसे पछि इटहरी ४ आइतबारेका ४० बर्षिय इश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० बर्षको देखिने राइ थरका एक ब्यक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थुप्रै मानीसहरु हराएका खबरहरु आइरहेका छन् । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुध भएकाले सुचना संकलन र उद्धारमा कठिनाइ भैरहेको छ । रातीदेखिनै इटहरी क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध छ । सडक पुरै बाढीले ढाकेर सबारी साधन चल्न असहज भैरहेको छ ।

बाढीका कारण इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ । सेनाका ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ । नेपाली सेनाको हेलिकप्टर विहानै देखी उद्धारका लागि जुटेको छ ।

बाढि घर भित्र पसेपछि मानिसहरुको विचल्ली भएको छ । इटहरीको मुख्य चौक सहितका बजार क्षेत्रमा पनि पानी पसेको छ । पुुर्वपश्चिम राजमार्गमा पर्ने बुढि खोला र गछियाखोलाको पुुल बाढिले कटान गर्न शुरु गरे पछि बलियाका खोलाको पुलमा विहानै देखि सवारी आवाजजावतमा रोक लगाइएको छ ।

जस्ले गर्दा हजारौँ सर्वसाधारण विचबाटोमै रोकिएका छन् । यस्तै इटहरी स्थित नेपाली सेनाको मुख्यालय अगाडिको सडक बाढिले कटान गरेपछि कोशी राजमार्ग अन्तर्गत सवारी आवतजावत अवरुद्ध भएको छ । यसैविच नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा जुटेका छन् । सप्ताकोशी नदिमा पानीको बहाव बर्षकै उच्च स्थानमा पुगेको छ ।

लगातारको बर्षा पछि पानीको सतह बढि रहेको छ । आज विहानको मापन अनुसार सप्तकोशी नदिमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जानकारी दिएको छ ।  सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् । कोशी व्यारेजमा यसअघि नै खतराको संकेत स्वरुप रातो झण्डा गाडिएको छ । कोशीमा पानीको मात्रा बढि रहेको छ । 

Comments