News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
राष्ट्रिय
अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४

दमक २८ साउन । केहि दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् ।

वर्षाले जिल्लाका विभिन्न नदी÷खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघुट्टामा कनकाई नदीकोे बाढी बस्तीमा पस्दा सयौं घरपरिवार बिस्थापित भएको खबर प्राप्त भएको छ । विस्थापित केहिलाई स्थानीय आमगाछी आधारभूत विद्यालयमा राखिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

त्यस्तै, गौरिगञ्ज– १ साविक महाभारा– ९ मा कनकाई नदीमा आएको बाढीले जमिन कटान गर्दा करिब ६०० घरपरिवार जोखिममा परेका छन, भने कमला र बनियानी नदीमा आएको बाढी गौरिगञ्ज– १ महाभारास्थित सुकुम्वासी बस्तीमा पस्दा २० परिवार विस्थापित भएका छन् ।

यता, मेचीनगर नगरपालिका– १५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घरपरिवार जोखिममा परेका विपद् व्यवस्थापन शाखाका कर्मचारी अभिषेक पौडेलले जानकारी दिनुभयो ।

यसैबिच झापाको साबिक दमक १९ हालको १० नम्बर वडामा पनि रतुवाको बाढी पसेको खबर प्राप्त भएको छ । यस्तै दमककै मुख्य चौकबाट केहि पश्चिममा दिपनी खोल्सामा बाढी आउदा मध्यरातमा त्यहा स्थानीयलाई दमक प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा सारेको छ ।

अहिले झापासँगै देशका अधिकांश क्षेत्र डुवानमा परेका खबरहरु प्राप्त हुने क्रम जारी छ । 

Comments