News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
राष्ट्रिय
सत्तासाझेदार दल र राष्ट्रिय जनता पार्टीबीच संविधान संशोधन बिषयमा छलफल हुँदै
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

काठमाण्डाै, २७ साउन । सत्तासाझेदार दल र राष्ट्रिय जनता पार्टीबीच संविधान संशोधन लगायतका बिषयमा आज छलफल हुँदैछ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा हुन लागेको छलफलमा कंग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शिर्षस्थ नेता सहभागी हुनेछन् । बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहिबरेमा शुरु हुने बताइएको छ ।   आगामी असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय तहको चुनावमा राजपाको सहभागिता र संविधान संशोधनका बिषयमा बैठक केन्द्रीत हुनेछ । राजपाले संविधान संशोधन विधेयक तत्काल मतदानमा लगे त्यसबाट आउने परिणाम स्विकार गरेर निर्वाचनमा जाने बताएको छ । तर मन्त्रीपरिषदबाट गर्न सकिने आफ्ना माग भने तत्काल सम्बोधन गर्नुपर्ने उसको भनाई छ । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण अगाावै आफुहरुको माग पूरा हुनुपर्ने राजपाको माग छ ।
 

Comments