News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
राष्ट्रिय
पाथिभरा गोल्डकप : अतिरिक्त समयमा गोल गर्दै चर्च व्याईज काठमाडौ सेमिफाईनलमा प्रवेश
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४

ताप्लेजुङ २६ साउन । ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको विहिवारको खेलमा चर्च व्याईज क्लव काठमाण्डौले राष्ट्रिय जागृती क्लव इटहरीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ । 

सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको विहिबारको खेलको निर्धारित ९० मिनेटको समयमा दुवै तर्फवाट १–१ गोलको बराबरि भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा चर्च व्याईजका जर्सि नं १९ राज पौडेलले गरेको गोल नै जितको लागि निर्णायक बन्यो । 

यस अघि निर्धारित समयको पहिलो हाफमा चर्च व्याईज क्लव काठमाण्डौँका विदेशि खेलाडि जर्सि नं १० का माटिन सेगुनले ७ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । 

उता राष्ट्रिय जागृति इटहरीका जर्सि नं ७ का भोला राईले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै चर्च व्याईजको अग्रतालाई रोक्दै खेललाई १–१ को अवस्थामा ल्याएर खेललाई अतिरिक्त समयमा धकेलेका थिए । खेल अवधिभर निरन्तर वर्षा भएका कारण खेलाडिहरुलाई खेल प्रर्दशन गर्न केहि असहज भएको थियो ।

खेलको म्यान अफ दि म्याच भने चर्च व्याईजका जर्सि नं ८ का दिपेश श्रेष्ठ भएका छन् । नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । प्रतियोगिता आगामि सोमवार सम्म चल्नेछ । 

यसैविच शुक्रबार सगरमाथा युवा क्लव विराटचौक मोरङ र फिदिम स्र्पोटिङ क्लव पाँचथर बिच खेल हुने छ । शुक्रबारको खेल संगै पहिलो चरणको खेल सकिने  आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले बताएको छ ।  

Comments