News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
खेलकुद
पाथिभरा गोल्डकप : आज काठमाण्डौ र इटहरी मैदान उत्रने
रविन भट्टराई प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४

ताप्लेजुङ,२६ साउन । ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा आज पनि एक खेल हुने भएको छ । आज हुने खेलमा चर्च व्याईज क्लव काठमाण्डौ र राष्ट्रिय जागृती क्लव इटहरी मैदानमा उत्रने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले बताएको छ ।

आज हुने खेलको विजेताले सिधै सेमिफाईनलमा नव प्रयास ताप्लेजुङ सँग खेल खेल्ने छ । यस अघि हिजो भएका खेलमा शसस्त्र प्रहरीको टिम दमकले  गत वर्षको विजेता गोर्खा स्र्पोटिङ क्लवलाई ट्राईवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ । 

जिल्ला सदरमुकाम स्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको बुधवारको खेल निकै नै प्रतिस्पर्धात्मक रहेको थियो ।  निर्धारित ९० मिनेटको समयमा दुवै तर्फवाट १–१ गोलको वरावरि भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि नतिजा आउन नसकेपछि खेलको निर्णय ट्राईवेकरवाट लिएको हो । 

शसस्त्रलाई जित दिलाउने क्रममा ट्राईवेकरमा जर्सि नं १० का सुसिल राई, जर्सि नं ९ का वुद्धिमान राई, जर्सि नं ८ का उज्वल चाम्लीङ र जर्सि नं १९ का नविन चौधरीले गोल गरेका थिए । साथै गोर्खाका जर्सि नं ५ का भुसन सुव्वा, जर्सि नं १७ का विष्णु सुनुवार र जर्सि नं १४ का सेफनले गोल गरेपनि जितको लागि पर्याप्त भएन । खेलको फाईनल आगामि ३० गते सोमबार हुने छ । 

Comments