News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
अन्तर्राष्ट्रिय
चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु १ सय ७५ जना घाइते
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४

२५ साउन । चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र सिइएनसीले जनाएको छ । 

भूकम्पका परेर १३ जनाको मृत्यु भएको छ भने १ सय ७५ जना घाइते भएका छन् ।  ज्यान जानेमा ६ जना विदेशी पर्यटक रहेको रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार गएराती ९ बजेर १५ मिनेट जाँदा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु ३३ दशमलव २ डिग्री उत्तरी अक्षांश र १०३ दशमलव २ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । यही ठाउँमा सन् २००८ को मे महिनामा भूकम्प जाँदा ७० हजार मानिसको ज्यान गएको थियो । अहिले उद्धारमा स्थानीय बासिन्दा र प्रहरीहरु खटिरहेका छन् ।
 

Comments