News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
अन्तर्राष्ट्रिय
सिरियामा हवाई आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४

२२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा गरेको हवाई आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । राक्वामै शुक्रबार राति सात बालबालिकाको मृत्यु भएको केही घण्टामा यो आक्रमण भएको पनि जनाइएको छ । अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भएपनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाली अरब रेड क्रिसेन्टकी राक्वास्थित प्रतिनिधि डिना असदलाई उद्धृतगर्दै सानाले राक्वाको राष्ट्रिय अस्पताल नजिकै पनि यस्तो आक्रमण भएको पुष्टि गरेकी छिन् । सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ । सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको जनाइएको छ । 

Comments