News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
बिजनेस
तेह्रथुममा ३ सय ५६ नयाँ उद्यमी थपिए
प्रकाश धौलाकोटी प्रकाशित मिति: शनिबार, साउन २१, २०७४

तेह्रथुम, २१ साउन । तेह्रथुममा आर्थिक वर्ष २०७३/०७४ मा ३ सय ५६ जना नयाँ लघु उद्यमी थपिएका छन् ।

म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, बनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाई कटाई लगायत विभिन्न विषयका २ सय ५१ महिला सहित ३ सय ५६ जना लघु उद्यमीहरु विकास भएका हुन् ।

जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र दलित सचेतना समाजको साझेदारीमा सन्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत म्याङलुङ, खाम्लालुङ्ग, चुहानडाँडा, थोक्लुङ र हमरजुङमा विभिन्न विषयका रोजगारमुलक तालिम सन्चालन भएका थिए ।

सीप सिकेका गृहणी महिला तथा युवाहरुले स्वदेशमै साना तथा लघु व्यवसाय थालेका छन् । जिल्लामा हालसम्म तीन हजार बढी लघु उद्यमीहरु सृजना गरिएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । 
 

Comments