News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
अन्तर्राष्ट्रिय
दुबईको टर्च टावरमा आगलागी
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४

२० साउन । दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी भएको छ  ।

पछिल्लो दुई वर्षमा यो टावरमा  आगो लागेको दोस्रो पटक हो । सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको लपेटा पुगेको देखिन्छ  । भवनको माथिल्लो तलाबाट जमिनमा आगोले जलेर नस्ट भएका सामग्रीहरु खसेको छ । टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र आगो निभाइएको बिबिसीमा उल्लेख छ । विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन । सरकारी मिडिया अफिसले ट्वीट गर्दै आगलागीबाट कोही पनि घाइते भएको खबर नआएको जनाएको छ । अहिले आगलागीबाट तातेको टावरलाई चिसो बनाउने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । 

Comments