News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
अन्तर्राष्ट्रिय
बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४

१३ साउन । अफ्रिकी मुलुक नाईजेरियामा इस्लामिक अतिवादी समूह बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । 

नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ५० जनाको मृत्यु भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । गत मंगलबार भएको घटना ढिला गरी सार्वजनिक भएको हो । नाईजेरियाको राष्ट्रिय पेट्रोलियम संस्थानको विज्ञ टोलीलाई सुरुमा अपहरण गर्ने प्रयास गरिएको र त्यो प्रयास सम्भव नभएपछि धरापमा पारिएको बुझिएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन नसके पनि मृतकको संख्या अझै धेरै हुनसक्ने बताइएको छ । 
 

Comments