News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
बिजनेस
आइटीप्रति गम्भिर भएन सरकार ( भिडियो  सहित)
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७४

धुलिखेल, ५ साउन । आइटी क्षेत्रमा क्रियाशिल संगठनहरुको आयोजनामा भएको ४ दिने गोष्ठी सोमवार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेल रिसोर्टमा चलेको गोष्ठीमा नेपालमा इन्टरनेटको अवश्था र यसमा सुधानुपर्ने कुराहरुका बारेमा चर्चा गरियो । 

श्रीलङ्कन थिङ्क ट्याङ्क लर्न एसिया, इन्टरनेट सोसाइटि नेपाल च्याप्टर र सेन्टर फर ल एण्ड टेक्नोलोजीको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले सरकारी तवरबाट इन्टरनेटका बिषयमा गहन निति तथा कार्यक्रमहरु नभएको गुनासो गरे । मुलुकको दिगो बिकासमा इन्टरनेटको भुमिका महत्वपुर्ण रहेपनि राज्यले यसप्रती खासै नसोचेको उनीहरुको आरोप थियो । 

उसो त कार्यक्रममा इन्टरनेट ब्यवसायीहरुको बिषयमा पनि आलोचना भयो । इन्टरनेट बितरण गर्ने तर ग्राहकलाई यसको उपयोग सम्बन्धमा जानकारी मुलक कार्यक्रमहरु राख्न नसक्नु ब्यवसायिहरुको कमजोरी रहेको सहभागीले बताए । 

भिडियो 


 

Comments