• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
राष्ट्रिय
मुलुककाे २७ औं प्रधान्यायाधीश पराजुलीले सम्हाले कार्यभार
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

काठमाडौं, २ साउन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गर्नुभएकाे छ ।

त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएकाे थियाे । सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए । २७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए । यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।

Comments