• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
खेलकुद
एएफसी फुटबल च्याम्पियनसिप : आज नेपालले उज्बेकिस्तानको सामना गर्दै
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

२ साउन ।  २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिप अन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ ।

समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु हुनेछ । पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन । समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ । प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको मुख्य प्रतियोगिता अर्काे वर्ष चीनमा आयोजना हुनेछ । 

Comments