• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
मोफसल समाचार
ढुङ्गा खसेर विद्युत गृहमा क्षति, १ सय ८५ घरधुरी अन्धकार
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

ताप्लेजुङ, २ साउन । ताप्लेजुङको आठराई त्रिवेणि गाउँपालिकामा रहेको विद्युत गृह माथिको ढुङ्गा खसेर क्षति पूग्दा १ सय ८५ घरधुरी अन्धकार भएको छ ।

शनिवार रातिको अविरल वर्षा संगै सोवुवा खोला ए लघु जलविद्युत आयोजना साविक हाङपाङ ३, ४ मा पर्ने विद्युत गृह माथिको ढुङ्गा खस्दा विद्युत अवरुद्ध भएको हो ।  विद्युत गृह माथिबाट ढुङगा खस्दा विद्युत गृहका अपरेटर डम्वर आङवुहाङ समेत घाईते हुनुभएको छ । घाईते आङवुहाङको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ   । रिर्जभ ट्याङकीको पानी ओभर फ्लो भएर आउदा विद्युत गृह माथि पसेपछि पहिरो गएको हो ।  ढुङगाले किच्दा विद्युत गृहमा पूर्ण रुपमा क्षति पुगेको छ । करिव ६० लाखको रुपैयाको क्षति भएको हुन सक्ने प्रहरिले अनुमान गरेको छ । सो क्षेत्र ताप्लेजुङ सदरमुकाम वाट ४ घण्टाको पैदल दुरीमा रहेको छ ।    

Comments