• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
राष्ट्रिय
मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता बारे ध्यानाकर्षण
प्रकाशित मिति: आइतबार, साउन १, २०७४

काठमाण्डाैँ, १ साउन । महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै समितिले मन्त्रिपरिषद बैठकमै उपस्थित हुने गरी महिलाको ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको हो । प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री र राज्यमन्त्री गरी ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने वचन दिएको भेटमा सहभागी सांसदहरुले बताएका छन् । महिला सांसदहरुले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
 

Comments