• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
राष्ट्रिय
आजदेखि फोटो सहितको मतदाता नामावली संकलन सुरु
प्रकाशित मिति: आइतबार, साउन १, २०७४

१ साउन । निर्वाचन आयोगले आजदेखि फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्दैछ ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आगामी १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको हो । आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकालाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो । नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरुसँग यसबारेमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने ब्यवस्था मिलाउने विषयमा छलफल गर्न लाग्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
 

Comments