• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
राष्ट्रिय
२ सय ४० निर्वाचन क्षेत्र कायम गरेर चुनावमा जाने सम्भावना छैन :उपप्रधानमन्त्री महरा
प्रकाशित मिति: शनिबार, आषाढ ३१, २०७४

दाङ ३१ असार । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अहिले चर्चामा आएको २ सय ४० निर्वाचन क्षेत्र कायम गरेर चुनावमा जाने सम्भावना नभएको बताउनु भएको छ ।

प्रेस सेन्टरले आज बिहान दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले २ सय ४० निर्वाचन क्षेत्र मानेर जानु संविधानको मर्म बिपरित हुने बताउनुभयो ।

अहिले चर्चामा रहेजस्तो कांग्रेस र माओवादी केन्द्रबिच यो बिषयमा कुनै सहमति नभएको र यो बिषयमा सहमति पनि हुन नसक्ने बताउनुभयो ।

संविधानको कार्यान्वयन दिने, पुनर्निर्माणलाई तिव्रता दिने र सुशासन कायम गरी आर्थिक वृद्धि गर्ने सरकारका मुख्य प्राथमिकता भएको भन्दै मन्त्री महराले यीनै कुरालाई प्राथमिकतामा राखेर सरकार अघि बढेको बताउनुभयो ।

आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्ने कार्यमा सरकार लागेको बताउनुभयो । मधेसी दलहरुलाई चुनावमा ल्याउनका लागि संविधानको संशोधन गर्नु परेको महराको भनाई छ । 

Comments