• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
राष्ट्रिय
मतदाता नामावली संकलनको समय बढाउन आयोगलाई दबाब
प्रकाशित मिति: शनिबार, आषाढ ३१, २०७४

काठमाण्डौ ३१ असार । फोटोसहितको मतदाता नामावली संकलनको समय बढाउन निर्वाचन आयोगलाई दबाब परेको छ । 

आयोगले साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय गरिसके पनि यो अवधि कम्तिमा १५ दिन बढाउन र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्न सक्ने ब्यवस्था गर्न दबाब बढेको हो ।

राजनीतिक दलहरुले आयोगका पदाधिकारीलाई भेटेरै नामावली संकलनको अवधि कम्तिमा साउन भरि बनाउन, ७ सय ४४ वटै स्थानीय तहबाट नाम दर्ता गर्न मिल्ने ब्यवस्था गर्न र सबैजनालाई स्थायी ठेगाना भएको ठाउँमा जान असम्भव भएकाले आफू रहेकै ठाउँबाट नाम दर्ता गर्ने ब्यवस्था मिलाउन आग्रह गरेपछि आयोगलाई दबाब बढेको हो ।

निर्वाचन आयोगले सूचना निकालेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका ब्यक्तिलाई नागरिकताको प्रमाणपत्र सहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान आग्रह गरेको छ ।

यस्तै यसअघि नाम भए पनि केही त्रुटी भएर सच्याउनुपर्ने भए पनि भोलि आइतबारदेखि साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने  आयोगले जनाएको छ ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो ।  

Comments