• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
अन्तर्राष्ट्रिय
साउदीमा आगलागी, ११ जनाको मत्यु
प्रकाशित मिति: बिहीबार, आषाढ २९, २०७४

२९ अाषाढ । साउदी अरबको नाजरान सहरस्थित एक घरमा आगलागी हुँदा ११ जनाको मत्यु भएको छ । 

मृतक सबै आप्रवासी कामदार हुन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । आगलागीमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि भारत र बंगलादेश कै नागरिक रहेको बताइएको छ । आप्रवासी कामदार बस्दै आएको घरमा आगलागी भएको हो । स्थानीय प्रशासनले सो घटनाको छानविन गर्न आदेश दिएको छ । कामदारहरु बस्ने घर तथा कोठामा आवश्यक पूर्वाधारको कमी हुने गरेको भन्दै यसअघि नै आवाज उठ्ने गरेको थियो ।
 

Comments