• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
खेलकुद
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल द्वारा बङ्गलादेश १-० ले पराजित
प्रकाशित मिति: मंगलबार, आषाढ २७, २०७४

काठमाडौं, २७ अाषाढ । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोली  बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली सँग  अाज भएकाे मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १-० काे अन्तरले विजयी भएकाे छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  को खेल मैदानमा भएकाे खेलमा खेलकाे १९ अाै मिनेटमा कप्तान विमल घर्ती मगरले गरेकाे गाेल नै निर्णायक गाेल बनेकाे थियाे । नेपालको तर्फबाट विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापामगर, एलन नेउपाने, कमल श्रेष्ठ, दिनेश राजबंशी, अञ्जन बिष्ट र सुनिल बललगायतका खेलाडी सहभागि भएका थिए । बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजु शाक्यले आइतबार घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

Comments