• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
अन्तर्राष्ट्रिय
दार्जिलिङमा आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु
प्रकाशित मिति: आइतबार, आषाढ २५, २०७४

झापा, २५ अाषाढ ।  भारतको दार्जिलिङमा भाषा आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

गोरखा जनमुक्ति मोर्चाले आफ्ना एक कार्यकर्ताको प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि गरेको छ । औषधि किनेर घर फर्किँदै गरेका बेला ति व्यक्तिमाथि गोली लागेको गोरखा जनमुक्ति मोर्चाले जनाएको छ । दार्जिलिङको सोनादा क्षेत्रमा रहेको प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाएको हो । प्रहरीले भने प्रदर्शनले उग्ररुप लिएकाले गोली चलाएको दाबी गरेको छ । दार्जिलिङमा गोरखा ल्याण्डको माग गर्दै अहिले भाषा आन्दोलन भइरहेको छ ।
 

Comments