• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
अन्तर्राष्ट्रिय
कतार द्वारा माग पुरा गर्न नसक्ने, चार मुलुकको प्रतिबन्ध कायमै राख्ने निर्णय
प्रकाशित मिति: बिहीबार, आषाढ २२, २०७४

२२ अाषाढ । कतारले आफूसँगको सम्बन्ध तोडेर विभिन्न माग राख्दै आएका खाडी मुलुकलाई माग पुरा गर्न नसक्ने जवाफ पठाएपछि चार मुलुकले कतारमाथिको प्रतिबन्ध कायम राख्ने निर्णय गरेका छन् ।

कतारमाथि ‘आतंकवादलाई पोषण गरेको’ आरोप लगाउँदै खाडी मुलुकले ऊसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेका थिए । लगत्तै ती मुलुकले कतारमाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । तर हालै आफ्ना माग पुरा गर्न उनीहरुले दिएको समयसीमा सकिदा समेत कतारबाट सकारात्मक जवाफ नआएको भन्दै प्रतिबन्ध कायम राख्नेमा चार मुलुक सहमत भएका छन् । कायरोमा साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । ती मुलुकले आफ्ना मागका बारेमा कतार गम्भीर नभएको आरोप समेत लगाएका छन् । कतारले भने ती मुलुकका माग पुरा गर्न नसकिने लिखित जवाफ यसअघि नै पठाइसकेको थियो । खाडी मुलुकका विदेश मन्त्रीहरुको बैठक अघि नै कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले असहमतिको जवाफ प्रतिबन्ध र समयसीमा नहुने प्रष्ट पार्दै वार्ता र तर्कका माध्यमबाट समाधान खोज्न सुझाव दिएका थिए । 
 

Comments