• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
स्वास्थ्य
उत्तर कोरियाले फेरी लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ
प्रकाशित मिति: बुधबार, आषाढ २१, २०७४

२१ अाषाढ । उत्तर कोरियाले एक महादेशबाट अर्काे महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको दावी अमेरिकाले गरेको हो । ह्वासुङ–१४ नाम दिइएको यो क्षेप्यास्त्र २ हजार ८ सय २ किलोमिटरको उचाईमा ३९ मिनेटसम्म उडेर ९ सय ३३ किलमोमिटरको दुरी पार गर्दै समुद्रमा तोकिएको लक्ष्यमा खसेको बताइएको छ ।

यो मिसाईलले क्यानडाको पुरै भाग र अमेरिकाको अलास्कासहितको केही राज्यसम्म मार हान्ने क्षमता राख्छ । तर अमेरिकाका ४६ राज्यमा भने यसको प्रभाव हुनेछैन । उत्तरले मिसाईल परीक्षण गरे पनि यसका लागि आवश्यक आणविक हतियार भने उसँग नभएको अमेरीकी दाबी छ ।

उत्तर कोरियाको पछिल्लो कदमलाई अमेरिकाले विश्व जगतका लागि नयाँ सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाली कदमले अमेरिका तथा पुरै विश्वलाई खतरामा पारेको प्रतिक्रिया दिएका छन् । यही विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकेको छ । बुधबार बस्ने बैठकले उत्तर कोरियामाथि नाकाबन्दी कडा पार्दै थप कारवाहीको विषयमा निर्णय गर्नेछ । १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा यसअघि पनि अमेरिकाले कोरियाली मुद्दा उठाउने गरेकोमा रुस र चीनले प्रतिवान गर्दै आएका छन् ।
 

Comments