• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी
  • स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती
  • गुल्मीमा एक वर्षमा २१ दुर्घटना,११ को मृत्यु
  • अंतत मिल्याे विवेकशिल र साझा भयाे ‘विवेकशील साझा पार्टी’
  • सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत
स्वास्थ्य
अस्पतालजन्य फोहरबाट मासिक तीस हजार आम्दानी
प्रकाशित मिति: बिहीबार, आषाढ ८, २०७४

काठमाडौँ, ८ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट निस्कने फोहरबाट अस्पतालले मासिक रु ३० हजार आम्दानी गर्दै आएको छ । 

हरेक महिनाको दुईपल्ट निस्कने फोहर जो पुनः प्रयोग गर्न सकिन्छ यस्तो फोहरबाट एकपटकमा कम्तीमा रु १५ हजारसम्म आम्दानी हुने गरेको अस्पतालले जनाएको छ । 

अस्पतालका हाउस किपर भवानी खड्काले दिनमा सबै गरेर करिब ३०० केजी फोहर निस्कने र त्यसमध्ये पुनः प्रयोग हुने, कुहिने, नकुहिनेलगायतका फोहर छुट्याएर हामीले बेच्नेखालका फोहर सङ्क्रमणरहित पारेर बेच्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “अस्पतालजन्य फोहर बिरामीअनुसार हरेकपटक घटबढ हुने गर्छ । तर औषतमा हरेक महिना फोहर बेचेर भएको आम्दानी अस्पतालकै आम्दानीमै जोडिन्छ ।’’

यही हिसाबले हरेक वर्ष अस्पतालले रु तीन लाख ६० हजार आम्दानी गरी सो रकम अस्पताल सुधारकै काममा प्रयोग गर्ने गरेको अस्पतालका वरिष्ट लेखा अधिकृत चन्द्रबहादुर गुरुङले बताउनुभयो ।

Comments