• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
राष्ट्रिय
माओवादी केन्द्र र नेपाली काङ्ग्रेसकाबीचमा भईरहेको गठबन्धन अपवित्र : उपाध्यक्ष गौतम
प्रकाशित मिति: सोमबार, आषाढ ५, २०७४

बाँके, ५ असार। असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ५ का पश्चिमी जिल्लाको कमाण्ड सम्हाल्न  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम नेपालगन्ज आईपुगेका छन् ।

उपाध्यक्ष गौतमले आगामी दिनमा नेपालमा नेकपा एमाले र नेपाली काँग्रेसको बिचारधारा मात्रै रहने बताएका छन् । प्रेस चौतारी बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष गौतमले काङ्ग्रेससँग मिलेर प्राप्त हुने जनमत एमालेको मात्रै हुन नसक्ने बताए ।
माओवादी केन्द्र र नेपाली काङ्ग्रेसकाबीचमा अहिले भईरहेको गठबन्धन अपवित्र भन्दै उनले माओवादी र काङ्ग्रेसले  दुबै पार्टीबीच समानता छ भन्न सक्नुप¥यो 
भने ।

सत्तारुढ दलहरुले  हार्ने निश्चित भएपछि स्थानीय तह निर्वाचनको पटक–पटक मिति परिवर्तन गरेको उनले बताए । उपाध्यक्ष गौतमले २ नम्बर प्रदेशमा नेकपा एमालेले ५० प्रतिशत भन्दा बढि जनमत प्राप्त गर्ने दावी गरे ।
एमालेलाई २ नम्बर प्रदेशमा छिर्न दिन्नौं भन्नेहरुका घरभित्रै एमाले भएको उपाध्यक्ष गौतमले दावी गरे ।अहिले नेकपा एमाले सबै नेपालीको मन मस्तिष्कमा रहेको भन्दै उपाध्यक्ष गौतमले  एमालेको पक्षमा देशब्यापी जनलहर देखिएको बताए ।  

Comments