• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
राष्ट्रिय
बिराटनगरमा एमालेको प्रतिबद्धता पत्र सार्बजनिक
सुमन सुस्केरा प्रकाशित मिति: सोमबार, आषाढ ५, २०७४

बिराटनगर,५ असार । विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकालले महत्वकाक्षी योजनासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।

विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गरेको भोलीपल्ट आज एमाले पार्टी कार्यालयमा प्रतिबद्धता पत्र जारी गर्दै एमाले उम्मोदवार ढकालले पाँच वर्ष भित्र विराटनगरलाई मेघा सिटी बनाउने देखि फुसका घरहरुलाई बिस्थापित गर्ने योजना अघि सार्नु भएको हो । उहाँले प्रदेश नम्वर १ को राजधानी वनाउनेमा जोड दिनु भएको छ । 

कार्यक्रममा पोलिटव्युरो सदस्य लालावावु पण्डितले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बिराटनगरको चौतर्फी विकासको लागि एमालेको उम्मेदवारी महत्वपुर्ण हुने बताउनुभयो । एमालेको प्रतिवद्धतापत्रमा पाँच बर्ष भित्र विराटनगरलाई मेघा सिटी र दश वर्षभित्र देशकै नमुनाका रुपमा समृद्ध सिटी वनाउने उल्लेख छ । पण्डित विराटनगरलाई चीन र भारतको पारवहनको केन्द्र वनाउने एजेण्डालाई महत्व दिइएको बताउनुहुन्छ ।

स्वच्छ, सफा, नमुना नगर निर्माण गरी आन्तरिक र बाहृय पर्यटनको गन्तव्य बनाउने लक्ष्य पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको छ । आर्थिक क्षेत्रको रुपमा विराटनगर भएको भन्दै औद्योगिक नगरी वनाउन पहल गर्ने, अन्य नगरसँग सहकार्यमा एकीकृत फाहोर व्यवस्थापन गर्ने, विराटनगरलाई व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने उम्मेदवारको प्रतिबद्धता छ । 

Comments