• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
बिजनेस
दलित समुदायका लागि निःशुल्क विद्युत् मिटर दिइने
प्रकाशित मिति: सोमबार, आषाढ ५, २०७४
इलाम, ५ असार । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको हो । 

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलका अनुसार दलित समुदायले आर्थिक समस्याले वा अन्य विभिन्न कारणले विद्युत् मिटर लिनबाट वञ्चित भएकाले निःशुल्क मिटर कार्यक्रम ल्याइएको हो । “मिटर जडान गर्ने इच्छा भएर पनि मिटर राख्न नसकेकाका लागि यो कार्यक्रम राखिएको हो,” प्राधिकरण प्रमुख सिग्देलले रासससँग भन्नुभयो । 

सिग्देलका अनुसार तोकिएका दलित समुदायलाई निःशुल्क मिटरसहित कालो तार र मिटर बाकस दिने प्रावधान छ । प्राधिकरणका अनुसार चालु आवमै सबै दलित समुदायका व्यक्तिलाई निःशुल्क मिटर दिइनेछ । 

जिल्लामा गत वर्ष विभिन्न समस्याले विद्युत् मिटरको अभाव थियो । त्यसैकारण ग्राहकको मागअनुसार मिटर दिन नसकिएको प्राधिकरणले जनाएको छ । 

कार्यालयका अनुसार भारतीय नाकाबन्दीले गर्दा मिटर आयात शून्य भएपछि जिल्लामा मिटर माग गर्ने ग्राहकको सङ्ख्या बढेको थियो । यस वर्ष भने मिटरको समस्या छैन ।
Comments