• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
राष्ट्रिय
सुनसरीमा दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा
प्रकाशित मिति: शनिबार, आषाढ ३, २०७४

सुनसरी ३ असार । सुनसरीमा दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ   निर्वाचन आयोगले तोके बमोजिमका सम्पूर्ण आवश्यक कार्यहरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

निर्वाचनलाई मर्यादित शान्तिपूर्ण र धाँधली रहित तरिकाबाट सम्पन्न गर्नका लागि जिल्ला भर परिचालन हुने निर्वाचन अधिकृत र अन्य कर्मचारीहरुलाई अन्तिम पटक तालिम दिइएको थियो । निर्वाचन अधिकृत र कर्मचारीहरुलाई उच्च सावधानी र राजनितिक सहमति सहकार्यमा निर्वाचन पुरा सम्पन्न गर्ने गरी कार्यक्षेत्रमा पठाइएको छ । जिल्लाका १२ वटै स्थानीय तहको निर्वाचनका लागि तयारी सकिएको जनाइएको छ । 

१२ वटा स्थानिय तहका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित अन्य आवश्यक गरी  ३ हजार ८ सय ८० जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मिलाइएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो । 

प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने समुहलाई निगरानी गर्ने देखी पक्राउ गर्न सुरु गरिसकेको जनाएको छ । शुक्रबार मात्रै सुनसरी प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने १२ जना राजपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो ।

सुनसरी जिल्लामा २ उपमहानगरपालिका,४ नगरपालिका र ६ गाउँपालिका गरी १२ स्थानिय तह रहेका छन् । जिल्लामा ४ लाख २१ हजार १ सय ५९ मतदाता रहेका छन् ।  

Comments