• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
बिजनेस
पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रकाशित मिति: शनिबार, आषाढ ३, २०७४

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर  १ रुपैया ५० पैसा घटाइएको बताउँनु भयो ।

 नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०० रुपैया बनाइएको छ । हाल पेट्रोलको मूल्य  १०१ रुपैया ५० पैसा रहेको थियो ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि  १ रुपैया ५० पैसाले घटेर ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७ रुपैया ५० पैषा छ

। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको निगमले जनाएको छ । 

Comments