• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
राष्ट्रिय
दोस्रो चरणको निर्वाचनपछि मात्रै सरकार विस्तार
प्रकाशित मिति: शनिबार, आषाढ ३, २०७४

काठमाण्डौ ३ असार । प्रधानमन्त्री एवं कंग्रेस सभापति शेरवहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै सरकार विस्तारको तयारी गर्नु भएको छ ।

सत्तारुढ दलहरुवीच दोस्रो चरणको निर्वाचनका लागि चुनावी रणनीति तथा उम्मेदवार चयन गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाई भएको हो । गत जेठ २३ गते ४० औं प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हालेका देउवाले पहिलो चरणमा माओवादी केन्द्र र विजय गच्छदार सहित ८ सदस्यीय मन्त्री मण्डल बनाउनु भएको थियो ।

दोस्रो चरणको निर्वाचनपछि मात्रै सरकार विस्तारको तयारी गरिने प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको सचिवालयले जनाएको छ । सत्तारुढ दलहरु दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहमा उम्मेदवार चयन र चुनावी जोड घटाउमा नै ब्यस्त भएका छन् ।

भोलीदेखि निर्वाचन प्रक्रीया शुरु हुँदैछ । यद्यपि दोस्रो चरणमा निर्वाचन हुने प्रदेशनम्वर १, ५ र ७ का केही स्थानीय तहमा अझै पनि उम्मेदवारको टुङ्गो लागिसकेको छैन ।   

Comments