• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा
  • एमाले प्रतिको जनलहर देखेर चौतर्फि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
  • असन्तुष्ट पक्षलाई समेटने गरि संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
  • गोर्खाल्यान्डको आन्दोलनका कारण नेपाली विद्यार्थी फर्कन थाले
  • सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा :संयोजक भट्टराई
राष्ट्रिय
दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने :नेता लेखक
डिल्लीराज पन्त प्रकाशित मिति: शनिबार, आषाढ ३, २०७४

कञ्चनपुर ३ असार ।  नेपाली कांग्रेसका नेता तथा प्रचारप्रसार उप–समिति संयोजक रमेश लेखकले दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने बताएका छन् । प्रेस युनियन कञ्चनपरले पार्टि कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । 

कांग्रेसको दृष्टिकोण र सिद्धान्तमा जनताको विश्वास भएका कारण दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने ठोकुवा गरेका छन ।  उनले नेपाली कांग्रेसप्रति जनताको विश्वास रहेको र कांग्रेसकै नेतृत्वमा संविधान निर्माण तथा  शान्ति स्थापना भएकै कारण जनताले विश्वास गरेकाले कांग्रसले अधिकांस स्थानिय निकायमा जित हातपर्ने निश्चित भएको वताउनुभएको छ ।

यसैगरी संविधान निर्माणको सवाल उठाउँदै उनले २०६४ सालको संविधान सभाको निर्वाचनमा कांग्रेसको पराजयको कारण संविधान बन्न नसकेको समेत उनले स्मरण गराए । ‘२०६४ सालको संविधान सभाको निर्वाचनमा कांग्रेस हार्दा संविधान बन्न सकेन, र २०७० सालमा जनताले कांग्रेसलाई जितायो तबमात्र नेपालको ऐतिहासिक संविधान बन्यो,’ उनले भने,’  ‘यही विश्वास र भरोसा अहिलेको निर्वाचनमा अपेक्षा गरेका छौँ ।’

अर्कौ प्रसंगमा नेता लेखकले कञ्चनपुरमा काग्रेु पार्टिले जिते भने ५ वर्षभित्र कञ्चनपुरलाई नेपालगञ्ज जस्तै व्यापारीक नाका बनाउने बताउनुभयो । साथै महाकाली नदिमा बन्ने पुलका लागी  यहि असार १२ भित्र गते टेण्डरका सवै प्रकृया पुरा हुने र असोज भित्र पुलको निर्माणकार्य सुरु गरीने जानकारी दिनुभयो 

Comments