• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मंसिर १० मा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्ने सरकारले निर्णय
  • महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु
  • मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता
  • विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी
  • म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार
मोफसल समाचार
स्थानीय तहको निर्वाचन २ नम्बर प्रदेशमा मात्र सार्नु सरकारको षडयन्त्र : नेता यादव
प्रकाशित मिति: शुक्रबार, आषाढ २, २०७४

२ अषाढ । राष्ट्रिय जनता पार्टीका नेता राजकिसोर यादवले स्थानीय तहको निर्वाचन २ नम्बर प्रदेशमा सार्नुलाई सरकारको षडयन्त्रको संज्ञा दिनु भएको छ । 

 निर्वाचन सारेर मात्रै समस्याको समाधान नहुने भन्दै उहाले मधेसको समस्या समाधान नगरी निर्वाचन सारिनु सरकारको नियत माथि नै प्रश्न उठेको बताउनुभयो । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले निर्वाचन सार्ने कार्य अर्को एउटा षड्यन्त्र भएको बताउनुभयो । यादवले सरकारले निर्वाचनलाई सारेपनि आफुहरुको आन्दोलन नरोकिने बताउनुभयो । उहाले निर्वाचन गराएर सरकारले आफनो विभेदकारी सत्तालाई बैधता दिन खोजेको बताउदै यसको आफुहरुले विरोध गरिरहेको बताउनुभयो । 

उहाले उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमले निर्वाचनमा सहभागिता जनाएर मधेसीको मुद्दालाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाउनुभयो । 

Comments