News Updates
  • हचुवाको भरमा वडालाई बजेट बितरण गरेकोमा खाँदबारी नगरपालिकाप्रति आपत्ति
  • धनकुटामा मतदाता नामावली संकलनबाट नौ हजार मतदाता थपीए
  • पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौमा सुरु
  • दुई दिने स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय ५० जना लाभान्वित
  • तिजको दर खर्च कटाएर गर्याे बालबालिकाहरुलाई सहयोग
राष्ट्रिय
निर्वाचित मेयरले खाए सपथ, आजबाटै काम सुरू
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४

रामेछाप, ५ जेठ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको दोश्रो दिनमै मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण लिएसँगै काममा लागेका छन् ।  

जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयरसहित मन्थली नगरपालिका अन्तर्गतका १४ वडाका अध्यक्ष र सदस्यहरुले छुट्टाछुट्टै सपथ ग्रहण गरेका हुन् । मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीले सपथ खुवाउनु भएको थियो । त्यसैगरी वडा सदस्यहरुलाई नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले सपथ खुवाउनु भएको हो । 

मुख्य निर्वाचन अधिकृतले सपथ खुवाएसँगै मेयर रमेशकुमार बस्नेत र उपमेयर माया कार्कीले शुक्रबारदेखि पदभार ग्रहण समेत गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचत मेयर रमेशकुमार बस्नेतले आगामी पन्ध्र दिनभित्रमा मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुमा कार्यालय स्थापना गरिसक्ने बताउनु भएको छ ।  गाउँपालिका र नगरपालिका सञ्चालनका लागि केही कानूनहरु बन्ने क्रममा रहेकाले कानून बनेर नआउञ्जेलसम्म नगरपालिकालाई समृद्ध बनाउन योजना निर्माणको तयारीमा आफूहरु लागि पर्ने पनि मेयर बस्नेतले बताउनु भयो । 

Comments