• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • आज शुक्रबार श्रावण शुक्ल पञ्चमी, नागको पूजा गरेर नाग पञ्चमी मनाउदै
  • एक वर्षमा १ लाख ३९ हजार एक सय २५ ले गरे चितवन राष्ट्रिय निकुञ्जकाे भ्रमण
  • बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
  • प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी
  • जापानी लगानीकर्तालाई सहजताका लागि कार्यालय स्थापनाको पहल
मोफसल समाचार
दमक रनकाे सहयाेगमा राई सगरमाथाको आधार शिविर प्रस्थान
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४

झापा, ५ जेठ । झापा दमक रनका धावक याङ्गदेव राई सगरमाथाको आधार शिविरमा हुने अन्तराष्ट्रिय स्तरको एभरेष्ट म्याराथुन दौडमा भाग लिन आज शिविर प्रस्थान गरेका छन् ।

याङ्गदेवलाई आज एक कार्यक्रमको आयोजना गरी दमक रन समुहले विदाई गरेको छ । जेठ १५ गते हुने म्याराथुन दौडमा सहभागी हुन याङ्गदेवलाई रन समुहले नगद ३० हजार रुपैयाँ सहित  आवश्यक सामानहरु पनि सहयोग गरेको छ । धावक याङ्गदेवलाई समुहका कार्यबाहक अध्यक्ष दिवश राईसहितको समूहले रकम र सामाग्री हस्तान्तरण गरेको हो । सामाग्री हस्तान्तरणपछि समुहका कार्यबाहक अध्यक्ष राईले याङ्गदेवलाई सफलताको शुभकामना दिँदै ओझेलमा परेका प्रतिभालाई उचित स्थानमा पुर्याउन सहयोग गरिरहेको पनि बताउनुभयो । प्रतियोगितामा याङ्गदेवले ४२ किलोमिटरको म्याराथुनमा प्रतिष्पर्धा गर्ने समुहले जनाएको छ । सो प्रतियोगितामा देश–विदेशका करीब २ सय भन्दा धेरै धावक सहभागी हुने बताइएको छ । दमक रन समुहको सहयोगमा उत्पादन भएका धावक याङ्गदेव २०६९ सालदेखि बिभिन्न प्रतियोगितामा सहभागी हुदै हाल सम्ममा २५ बढी प्रतियोगितामा विजयी भएका छन् ।

Comments