• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • आज शुक्रबार श्रावण शुक्ल पञ्चमी, नागको पूजा गरेर नाग पञ्चमी मनाउदै
  • एक वर्षमा १ लाख ३९ हजार एक सय २५ ले गरे चितवन राष्ट्रिय निकुञ्जकाे भ्रमण
  • बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
  • प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी
  • जापानी लगानीकर्तालाई सहजताका लागि कार्यालय स्थापनाको पहल
अन्तर्राष्ट्रिय
बच्चा चोरेको आरोपमा ६ जनाको हत्या
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४

५ जेठ । भारतको झारखण्डमा बच्चा चोरेको आरोपमा ६ जनाको हत्या भएको छ ।

गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् । ४ दिन पहिले पनि यस्तै हल्लाका आधारमा दुई जनाको हत्या भएको थियो । झारखण्डको प्रहरीले भने कुनै पनि गाउँबाट बच्चा हराएको उजुरी नपरेको र हल्लाका आधारमा गाउँलेहरुले मानिसको हत्या गरेको दाबी जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको र सुरक्षाका लागि ती गाउँमा थप प्रहरी टोली परिचालन गरिएको स्थानीय प्रहरीले जनाएको छ । 
 

Comments