• Radio Himshikhar
  • Nepal Telecom
  • test
News Updates
  • उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने
  • तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति द्वारा संक्रान्ति बजारका अग्निपीडितलाई राहत वितरण
  • नालामा लडेको अवस्थामा भेटिएका एकजनाको मृत्यु
  • झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आईसियु सेवा सुरू
  • पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित
मोफसल समाचार
ताप्लेजुङका डेढ सय बढी अस्थायी शिक्षकहरु सेवाबाट बाहिरिने
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४

ताप्लेजुङ, ५ जेठ । ताप्लेजुङका डेढ सय बढी अस्थायी शिक्षकहरु गोल्डेन ह्याण्डसेक लिएर सेवाबाट बाहिरिने भएका छन् । 

जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका अनुसार एक सय ५८ जना अस्थायी शिक्षक गोल्डेन हेण्डसेक लिएर सेवाबाट बाहिरिने भएका हुन् । सेवाबाट बाहिरिनेमा सबैभन्दा बढी प्राथमिक तहका शिक्षक रहेका जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक हेम पालुङ्वाले जानकारी दिनु भयो । पालुङ्वाका अनुसार त्यसपछि माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक रहेका छन् । उहाले प्राथमिक तहका एक सय एक जना, माध्यमिक तहका ३० जना र निम्न माध्यमिक तहका २७ जना शिक्षकले गोल्डेन ह्याण्डसेक लिएर सेवाबाट बाहिरिने गरी जिल्ला शिक्षा कार्यालयमा आवेदन दिएको जानकारी दिनु भयो ।

सरकारले अस्थायी शिक्षकलाई सेवाका आधारमा निश्चित सुबिधा लिएर सेवाबाट बाहिरिने वा स्थायी प्रक्रियाका लागि परीक्षामा सामेल भई उत्तीर्ण वा अनुत्तीर्णको परिणाम भोग्न दुईमध्ये एक विकल्प रोज्न भनेको थियो । सोही विकल्प अनुसार शिक्षकहरुले गोल्डेन ह्याण्डसेक रोजी सेवाबाट बहिरिने भएका हुन् । यता स्थायी प्रक्रियामा परीक्षामा सामेल भएर अनुत्तीर्ण भए गोल्डेन ह्याण्डसेक सुबिधा पाउने छैनन् ।

Comments