• Radio Himshikhar
  • kankai Bikash Bank
  • test
News Updates
  • आज शुक्रबार श्रावण शुक्ल पञ्चमी, नागको पूजा गरेर नाग पञ्चमी मनाउदै
  • एक वर्षमा १ लाख ३९ हजार एक सय २५ ले गरे चितवन राष्ट्रिय निकुञ्जकाे भ्रमण
  • बोको हरामको आक्रमणमा परी नाईजेरियामा ५० जनाको मृत्यु
  • प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी
  • जापानी लगानीकर्तालाई सहजताका लागि कार्यालय स्थापनाको पहल
राष्ट्रिय
सरकारले थरुहट तराई-मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४

४ जेठ । सरकारले थरुहट तराई-मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनकारीलाइ लगाइएको मुद्दा फिर्ता गर्नका लागि आगमी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकले वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र निर्वाचनका क्रममा झडपमा मारिएका दोलखाका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति स्वरूप परिवारलाई जनही रु १० लाख उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । बैठकले  सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा धरानका पत्रकार भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाको चिकित्सा क्षेत्रबाट आम नागरिकले समेत सेवा लिन पाउने निर्णय बैठकले गरेको उहाले जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले हिमालको प्रभाव चुरे क्षेत्रमा र चुरे क्षेत्रको प्रभाव हिमाली क्षेत्रमा पर्ने भएकाले चुरे क्षेत्रलाई संरक्षण गर्ने निर्णय पनि गरेको छ ।

Comments